भारतले वितरण गर्यो ३० एम्बुलेन्स र ६ बस

काठमाडौं– नेपालस्थित भारतीय दूतावासले भारतको ७३ औं स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा दूतावासले ३० वटा एम्बुलेन्स र ६ वटा बस वितरण गरेको छ ।

दूतावासमा विहिवार आयोजित एक कार्यक्रमा राजदूत मन्जिम्भसिंह पुरीले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई सो बस र एम्बुलेन्स वितरण गरेको दूतावासले जनाएको छ । दिवसको अवसरमा राजदूत पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डात्तोलन पनि गरे । 

वितरणपछि राजदूत पुरीले आफ्नो धारणा राख्दै यसप्रकारको परोपकारी सहयोग अदान प्रदानले नेपालको सामाजिक– साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।

 
भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ वटा एम्बुलेन्स र १४८ वटा बस उपहार स्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ । दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय सहभागिता  थियो

Source:ratopati news

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *