शाहरुख खानको यस्तो दिन पनि आयो, अभिनयका लागि यतिसम्म भन्नुपर्‍यो

शाहरुख खान एक उत्कृष्ट नायक हुन्, यसमा सायद कसैलाई शंका छैन होला । तर अब यस्तो दिन आइरहेको छ जब शाहरुख खानले आफ्नो अभिनय गर्नसक्छु भनेर भन्नु परिरहेको छ । स्मरण रहोस्, उनका पछिल्ला पाँच फिल्मले अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेको छैन । अब शाहरुखले आफूले अझै पनि २०–२५ वर्ष राम्रो अभिनय गर्न सक्ने बताएका छन् ।

शाहरुख खानले फिल्मबाट थोरै समयका लागि ‘ब्रेक’ लिएका छन् तर अभिनेताका अनुसार राम्रो सिनेमाका लागि उनमा अहिलेसम्म पनि निकै क्षमता छ ।  ५३ वर्षका अभिनेताको अन्तिम फिल्म ‘दिलवाले’, ‘जब ह्यारी मेट सेजल’ र ‘जिरो’ थियो जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएन ।

ममा क्षमता अझै छः शाहरुख खान

शाहरुख खानले पीटीआईसँग भने, ‘राम्रो कुरा गर्नका लागि जे कुराले मलाई प्रेरित गर्छ त्यो म बुझ्छु । मेरा वरिपरि त्यस्ता मानिसहरु छन् जसले उत्कृष्ट सिनेमा बनाउँछन् । र म बुझ्छु कि ममा राम्रो फिल्म गर्ने क्षमता अझै बाँकी छ । मभित्र अहिले पनि २०–२५ वर्ष राम्रो काम गर्ने क्षमता बाँकी छ ।’

आजकाल के गरिरहेका छन् शाहरुख खान ?

शाहरुख खान इन्डियन फिल्म फेस्टिबल अफ मेलबर्न (आइएफएफएम) मा मुख्य अतिथिको रुपमा आएका थिए । उक्त कार्यक्रमपछि उनले पीटीआईसँग कुरा गरेका थिए । शाहरुखले जिरो फिल्मपछि केही समयको ब्रेक लिने निर्णय लिएको र विभिन्न स्थानमा घुमेर नयाँ कहानी खोजी गरिरहेको बताए । ’

कति दिनको ब्रेकमा रहन्छन् शाहरुख खान ?

उनले भने, ‘मैले भर्खरै आफ्नो जुन अन्तिम फिल्म पूरा गरेँ त्यसको प्रदर्शन राम्रो रहेन तर म यसलाई हल्का रुपमा लिन्छु । म आफैंसँग यो भन्छु कि केही समययका लागि असफलताको स्वाद चाखौं । त्यसकारण मैले चार–पाँच महिनाको विश्राम लिएँ ।’

वौद्धिक भाषण दिइरहेको छुः शाहरुख खान

अभिनेताले भने, ‘म ब्रेकमा भएका कारण यहाँ मेलबर्न आएँ र यहाँका मानिसहरुसँग भेटघाट गरिरहेको छु । नयाँ कहानी र नयाँ कुराको खोजी गरिरहेको छु र वौद्धिक भाषण दिइरहेको छु ।’

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *