कार्यशाला गर्दै चलचित्र त्रिकार संघ

काठमाडौं– चलचित्र पत्रकार संघले मनोरन्जको बिभिन्न बिषयमा कलम चलाउने आफ्ना सदस्य पत्रकारहरुको क्षमता बिस्तारका लागि कार्यशाला आयोजना गर्ने भएको छ । संघले एक बिज्ञप्ती जारी गर्दै कार्यशालाको विषयमा जानकारी दिएको हो ।

आइतबार केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले भाद्र १८, १९ र २० गते पोखरामा कार्यशाला गर्ने निर्णय गरेको हो ।  मनोरन्जन पत्रकारिता गरिरहेका पत्रकारले सहभागी हुन पाउने कार्यशालामा सहभागी हुन चाहनेले भाद्र १० गतेभित्र संघको कार्यलयमा नाम दर्ता गर्न सकिनेछ । 

कार्यशालाले पत्रकारुलाई पत्रकारिता आचारसंहिता तथा भिडियो कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडियाको विषयमा बिभिन्न जानकारी प्राप्त हुदै क्षमताको विकास हुने अध्यक्ष सन्दीप सापकोटाले बताए । 

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *