फिल्म नचलेपछि चर्चित अभिनेताले भने, ‘अब अभिनय छोड्छु, बेइज्जती भइरहेको छ’

बलिउड अभिनेता अन्नू कपुर हालै फिल्म ‘खानदानी शफाखान’ मा वकिलको भूमिकामा देखिए । यद्यपि, फिल्मको कहानी रमाइलो थियो । फिल्ममा अन्नू कपुर, सोनाक्षी सिन्हा, बादशाह, वरुण शर्मासमेत सबैले निकै उत्कृष्ट काम गरे तर सायद दर्शकले यति बोल्ड सब्जेक्ट र अन्दाजलाई पचाउन सकेनन् । त्यसकारण फिल्म बक्स अफिसमा खासै चल्न सकेन ।

हालै एक भारतीय संचार माध्यमसँगको कुराकानीमा उनले विभिन्न कुरामा खुलेर चर्चा गरे । अन्नू कपुरले फिल्ममा अभिनय गरेर आफू थाकिसकेको बताए । साथै, उनले अब फिल्म बनाउने बताए ।

यो फिल्मको निर्देशन गरिसकेका छन्ः

अब यी अभिनेताले फिल्म बनाउने सोचिरहेका छन् । हुन त यसअघि पनि अन्नू कपुरले फिल्म बनाइसकेका छन् । उनले सन् १९९४ मा चिल्ड्रन फिल्म सोसाइटी, इन्डियाका लागि नाना पाटेकर, मून सेन र बेन्जामिन गिलानीको विषयमा एउटा फिल्म ‘अभयः द फियरलेस’ बनाएका थिए ।

उनको निर्देशनमा बनेको यो फिल्मले त्यो वर्ष बेस्ट चिल्ड्रन फिल्मको अवार्ड पनि पाएको थियो । यद्यपि, त्यसपछि उनले निर्देशन छोडे । अब उनी अहिले आफ्नो निर्देशकको रुपमा आफूलाई स्थापित गर्न चाहन्छिन् ।

 अब भूमिका होइन बेइज्जती पाइरहेको छुः

उनले भने, ‘मेरो भाग्य भनौं मैले निर्देशन गरेको पहिलो फिल्ममा मैले नेशनल अवार्ड पाएँ । तर यति हुँदा हुँदै पनि सायद त्यतिबेला मेरो भाग्यले  मलाई निर्देशनमा आओस् भन्ने चाहँदैनथ्यो । त्यसकारण मेरो बाटो अभिनयतर्फ मोडियो । तर अब पुनः निर्देशनतर्फ हिँड्दैछु । मेरा नजिकका थुप्रै मानिसहरुले मैले उनीहरुको फिल्म बनाओस् भन्ने चाहना राख्छन् ।’

अब अभिनय किन छोड्न चाहनुहुन्छ ? या प्रश्नमा हाँस्दै उनले भने, ‘आजकाल वकिलकै भूमिकाका लागि १० वटा यस्ता अफर आउँछन् जसमध्ये दुइवटालाई म अस्विकार गर्छु । मानिसहरुले मलाई यस्तो काम दिन्छन् जुन मैले पहिले नै गरिसकेकी छु । यस्तोमा जब मलाई यस्तो भूमिका अफर गरिन्छ तब मलाई मानिसहरुले रोल नभई मेरो बेइज्जती गरिरहेको जस्तो लाग्छ ।’

उनले थपे, ‘त्यसकारण यदि रोल अफर गर्नु छ भने राम्रो भूमिका दिनुहोस् नभए मलाई अफर नै नगर्नुहोस् । अब मलाई अभिनय गर्नु छैन । म वकिलको भूमिका निभाउँदा निभाउँदै थाकिसकेकी छु । योभन्दा राम्रो त म फिल्म नै बनाउँदा हुन्छ । ’

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *