नेपालको कोसी बाँध, भारतको ‘पानी बम’

उच्च सप्तकोसी बाँध बनाउन खोजिरहेको भारतमै ड्यामको लफडा

२९ असार, काठमाडौं । प्रकृतिले यो देश वा ऊ देशको नागरिक भन्दैन । विपत आउँदा छिमेकमा पनि उस्तै प्रभाव पर्छ । अहिले नेपाल मात्र होइन, सीमावर्ती भारतमा पनि बाढी र पहिरोको बितण्डा उस्तै छ ।

नेपालका अधिकांश राजमार्ग अवरुद्ध भएजस्तै भारतको सिक्किम र दार्जीलिङलाई सिलिगुढीसँग जोड्ने बाटाहरु समेत सम्बन्धविच्छेद भएका छन् । बंगाल, बिहार र उत्तर प्रदेशमा नेपालबाट बग्ने नदीको बाढीले समस्या पारिरहेको छ भने यता भारतले सीमावर्ती क्षेत्रका बाँधहरुको पानी नखोलेका कारण नेपाली वस्तीहरु डुबानमा परिरहेका छन् ।

यहीबेला दक्षिण भारतको केरल राज्यमा भने ‘पानी बम’ले विशेष चर्चा पाइरहेको छ । नदीमा जथाभावीरुपमा बनाइने बाँधले कसरी विनासको घण्टी बजाउँछ भन्ने थाहा पाउने भारतको केरल र तामिलनाडूलाई हेर्दा हुनछ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार भारतले केरल राज्यका करिब ४४ वटा नदीमा ७० वटा ड्याम बनाएको छ । ती बाँधहरु वर्षायाममा फुट्ने जोखिममा रहेका छन् । सन् २०१८ मा ड्याम फुटेर भएको ठूलो क्षतिबाट पनि भारतले पाठ सिकेको छैन ।

केरलको उच्च न्यायालयले ड्यामको जोखिमबारे जाँचबुझ समिति नै बनाएर रिपोर्ट दिँदा पनि सरकारले ‘पानी बम’ बारे गम्भीरतापूर्वक ध्यान दिएको गुनासो आइरहेको छ ।

भारतले नेपालका सीमावर्ती क्षेत्रहरुमा जथाभावीरुपमा बनाएका एकपक्षीय बाँधका कारण नेपाली वस्तीले सास्ती भोग्नु परिरहेको छ । तर, ती बाँधहरु बेलाबखत फुटिरहने र बमको रुपमा त्यसले भारतीय वस्तीमै जोखिम पुर्‍याउने गरेको भारतीय विश्लेषककै निश्कर्ष सुनिन थालेको छ । त्यसरी जथाभावी बाँध बनाएर वर्षायामको पानी थुन्दा तल्लो तटीय क्षेत्रका बासिन्दाले बमको नजिक बसेजस्तो अनुभव गर्न थालेको केरलबासीको अनुभवले बताउँछ ।

नेपालको सबैभन्दा ठूलो सप्तकोशी नदीको पुलमा बनाइएको बाँधका सबै ५६ वटै ढोकाहरुको तालाचावी भारतीयको हातमा छ । त्यहाँका ढोकाहरु नेपालको आवश्यकता र ईच्छामा नभएर भारतीयहरुको ईच्छामा खुल्ने र बन्द हुने गरेका छन् ।

तर, केरल राज्यका बाँधहरुको जोखिमलाई हेर्ने हो भने सप्तकोशीको बाँध पनि भारतका लागि ‘पानी बम’ नहोला भन्न सकिँदैन । बाढी आएका बेला सप्तकोसीको पानी समयमै नखोल्ने हो भने बाँध फुट्न गएको अवस्थामा भारततर्फ ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।

भारतले आफ्नै नदीहरुमा बनाएका बाँधहरुलाई ‘पानी बम’ का रुपमा चर्चा भइरहेका बेला उसले अब सप्तकोशीको प्रस्थानविन्दू चतरामा उच्च कोशी बाँधका बनाउने तयारी गरिरहेको छ । उच्च कोसी बाँध र कमला डाइभर्सनको डीपीआरका लागि भारतले यस वर्षको बजेटमा रकम विनियोजन समेत गरेको छ ।

तर, के सप्तकोशी उच्च बाँध बन्यो भने त्यो सुनसरी र सप्तरीबासीहरुका ‘पानी बम’ नबन्ला ? यसबारेमा नेपालमा पनि भारतको केरल राज्यमा जस्तै राष्ट्रिय बहस हुन जरुरी देखिन्छ ।

केरलमा ‘पानी बम’बारे कस्तो बहस चलिरहेको छ भन्नेसम्बन्धमा बीबीसी अनलाइनमा प्रकाशित एक रिपोर्टको सारांश हेरौं-

केरलमा सन् २०१८ मा विनासकारी बाढी आयो, जसमा परेर ३५० मानिसको ज्यान गयो । ठूलो धनराशीमा क्षति पुग्यो । जानकारहरुका अनुसार यसका पछाडि तिनै ड्यामहरुको हात छ, जुन राज्यमा ४४ वटा नदीमा बनाइएको छ । यी ड्यामहरुलाई ‘पानी बम’ को संज्ञा दिन थालिएको छ । केरलमा ४४ वटा नदीहरुमा ७० वटा ड्यामहरु छन् ।

विधायक साजी चेरियन बीबीसीसँग भन्छन्, ‘मुल्लापेरियर ड्याम एक संवेदनशील पानीको बम बन्न पुगेको छ, जुन कुनै पनि बेला फुट्न सक्छ । चिरुन्थोनी र इद्युकी ड्याम पनि यस्तैखालको बमका रुपमा खडा छन् । तुमिलनाडु र केरल सरकारले यसमा चाँडै समाधान निकाल्न आवश्यक छ ।’

त्यसो त केरल उच्च न्यायालयले ज्याकब पी एलेक्सको नेतृत्वमा एक जाँच समिति पनि गठन गरेको थियो । उसको निश्कर्ष थियो कि यी ड्यामले भारी वर्षको दबाव सहन सक्दैनन् र अचानक पानी छाडिँदा राज्यले प्रलयकारी बाढीको सामना गर्नुपर्छ ।

एलेक्सको रिपोर्टमा विशेषज्ञहरु पनि सहमत छन् । एलेक्सले विनासबारी बाढीका सम्बन्धमा न्यायिक जाँचको पनि माग गरेका थिए । तर, एक वर्षसम्म सरकारले प्रलयकारी बाढीको व्यवस्थापनबारे कुनै कदम उठाएन ।

ड्याम र नदीहरुमाथि शोध गरेका पर्यावरणविद एन सुकुमारन नायर भन्छन्, केरलमा हरेक वर्ष भारी वषर्ा हुन्छ । त्यसैले ड्यामको प्रवन्ध पनि सोहीअनुसार हुनुपर्छ । तर, राज्यमा जति पनि सरकार बने, तिनले न त नदी डुबान क्षेत्रमा ध्यान दिए, न कुनै ड्यामको व्यवस्थापनमा ।

एन सुकुमारन नायर

नायरका अनुसार औषतभन्दा बढी वषर्ात् भयो भने ड्याममा जम्मा भएको पानी सिलसिलेबार रुपमा छाडिरहनुपर्छ ता कि अचानक जमेको पानी ड्यामका लागि खतरा नबनोस् । पछिल्ला वर्षहरुमा यस्तै भएको छ ।

केरल राज्य सरकारले वृहत केरल पुनर्निर्माणको पनि नारा दिने गरेको छ । तर, अहिलेसम्म बाढीपीडितहरुले सरकारबाट मुआब्जाको प्रतिक्षा गरिरहेका छन् । राज्य सरकारले ४० हजार बाढी पीडितलाई मुआब्जा दिएको बताउँदै आएको छ ।

बीबीसी हिन्दी अनलाइनका केरल सम्वाददाता सलमान रावी लेख्छन्, केरलको साक्षरता दर भारतमा सबैभन्दा बढी किन नहोस्, यो एकमात्र राज्य हो, जहाँ बाढीको पूर्वचेतावनी प्रणालीले कुनै काम गरिरहेको छैन । न ड्यामको प्रवन्धन, न डुबान क्षेत्रको प्रवन्धन ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *