यसरी भएको थियो स्टेथस्कोपको आविष्कार

यसरी भएको थियो स्टेथस्कोपको आविष्कार

बिरामी जाँच्दा डाक्टरहरुले स्टेथस्कोपको प्रयोग गर्छन् । स्टेथस्कोपको प्रयोग रोगीको रोग छुट्याउनको लागि विशेष गरी मुटुको धडकनको गति फोक्सोबाट आएको आवाज जाच्नको लागि प्रयोग गरिन्छ । सामान्यताः मुटुको धड्कन तथा फोक्सोबाट आएका आवाजको विश्लेषण गरेर डाक्टरले कोही व्यक्तिलाई लागेको खास किसिमको रोग र त्यसको अवस्थाबारे सजिलै बताउन सक्छन् । तर के तपाई लाई थाहा छ–स्टेथस्कोपको आविष्कार कसरी भयो भन्ने कुरा ? आउनुहोस यसबारे सामान्य जानकारी लिऔं ।

हाम्रो शरिरभरि रगत पुर्‍याउने काम मुटुले गरिरहेको हुन्छ । त्यसै कार्यको लागि हाम्रो मुटु नरोकिइकन लगातार धडकिरहेको हुन्छ । मुटु धड्किनु भनेको यसले मुटुमा जम्मा भएको रगतलाई पम्प गरेर शरीरभरि पुर्‍याउने कार्य गर्नु हो । हाम्रो मुटु एक दिनमा एक लाख भन्दा बेसी पटक धड्किन्छ । यस क्रममा मुटुले लगभग सात हजार लिटर भन्दा बढी रगतलाई पम्प गर्छ । यो क्रममा नै हाम्रो मुटु धड्कन्छ ।

 मुटुको धड्कन सामान्य रुपमा पनि जाँच्न सकिन्छ । शरीरको मुटु रहेको भाग देब्रे छाती, हातको नाडी वा घाँटीको रुद्रघण्टीको छेउ छामेर पनि मुटुको धड्कन पत्ता लगाउन सकिन्छ । तर मुटु सधैं एकैनाशले धड्किरहेको हुदैन । शारीरिक परिश्रम बेसी परेको बेला वा अन्य त्यस्तै खास बेलामा मुटुको धड्कनको गति तल माथस पर्छ । फेरि सामान्य रुपमा छामेरै मात्र मुटुको धड्कनको गतिको ठीक गन्ती गर्न सकिन्न । कहिलेकाहीँ, अझ विशेष गरी बिरामी भएको बेला संभव हुदैन । यस्तो अवस्थाम मुटुको धड्कन स्पष्ट सुन्नका लागि विशेष उपकरणको जरुरत पर्छ । त्यो उपकरण नै स्टेथस्कोप हो ।

        स्टेथस्कोपको आविष्कार हुनुभन्दा पहिले डाक्टरहरुले रोगीको मुटुको धड्कन सुन्न आफ्नो कान रोगीको नाङ्गो छात्तीमा राखेर जाँच्ने गर्थे । यो कार्य पुरुषहरुमा त सहजै संभव हुन्थ्यो र खासै समस्या पनि आउदैनथ्यो । तर यो तरिकाले महिला रागीहरुलाई जाँच्न भने अप्ठ्यारो पर्थ्यो। फलतः महिला रोगीहरुको मामलामा भने डाक्टरले कतिपय अवस्थामा ठोस परीक्षण नगरी अन्दाजले काम चलाउनु  पर्थ्यो।

https://pbs.twimg.com/

यस्तो स्थिति बाट कसरी मुक्ति पाउने त ? यही प्रश्नको समधान खज्ने क्रममा हुन पुग्यो– स्टेथस्कोपको आविष्कार । यो उयोगी उपकरणको आविष्कार सन् १८१० मा फ्रेञ्च चिकित्सक रेनेथ्योफिल हायसिंथे लाइनकले गरेका थिए ।

भयो के भने, एक दिनको एउटा हृदय रोगी महला डा. लाइनककोमा उपचार गराउन आइन् । समुचित उपचारको लागि महिलाको मुटुको धड्कनको गति थाहा पाउनु जरुरी थियो । तर त्यो थाहा पाउने कसरी ? डा. लाइनकलाई ठुलो धर्म संकट पर्‍यो । यसको समधान खोज्ने क्रममा उनले एउटा अनौटो उपाय सोचे ।

उनले एउटा लामो कागजको टुक्रलाई बेरे र त्यसको एउटा भाग रोगी महिलाको देब्रे छात्तीमा राखे र अर्को भाग चाहिँ आफ्नो कानमा । त्यसको परिणाम आशानुकूल र आश्चर्यजनक निस्क्यिो ! यसो गर्दा महिलाको मुटुको धड्कन प्रष्टसंग सुनियो !

https://aleteiaen.files.wordpress.com/उनले एक फुट लामो काठको बेलनाकार डिब्बा लिए र त्यसको फेदमा सानो प्वाल पारे । यो कागजको स्टेथस्कोपको सुधारिएको रुप थियो । यसबाट झनै प्रष्ट संग मुटुको धड्कनको गति र फोक्सोद्धारा उत्पादित आवाज जाँच्न सकिने भयो ।

यस प्रयोगबाट उत्साहित बनेका डा. लाइनकले कागजको टुक्रालाई नै स्टेथस्कोपको रुपमा प्रयोग गर्न थाले । साथसाथै, उनी त्यसलाई सुधार गर्नपट्टि पनि लागे । यस क्रममा उनले एक फुट लामो काठको बेलनाकार डिब्बा लिए र त्यसको फेदमा सानो प्वाल पारे । यो कागजको स्टेथस्कोपको सुधारिएको रुप थियो । यसबाट झनै प्रष्ट संग मुटुको धड्कनको गति र फोक्सोद्धारा उत्पादित आवाज जाँच्न सकिने भयो ।

धेरै रोगीहरु जाँच्नमा डा.लायनकले यो उपकरण एवं विधिको प्रयोग गरे । तीन वर्षको अथक परिश्रम र प्रयोगपछि उनले आफ्नो प्रयोगको निष्कर्ष र अनुभवहरुलाई संगेटेर सन १८१९ मा ‘डी, एल.आास्कलटेशन’ नमाक पुस्तक प्रकाशित गरे । उनको यो पुस्तकले तत्कालीन चिकित्सा विज्ञानले ठुलो हल्चली मच्चायो । अन्य डाक्टरहरुले पनि उनको यो उपकरण विधिलाई विरमी जाँच्न उपयोग गर्न थाले । यसको उपयोगिताको कारण स्टेथस्कोप अत्यन्तै लोकप्रिय हुन थाल्यो । फलतः यसको स्वरुपमा पनि परिमार्जन र सुधार हुन थाल्यो ।

आजभोलि उपयोगमा ल्याइने स्टेथस्काप डा. लाइनकले आविस्कार गरेको स्टेथस्कोपकै सुधारिएको रुप हो । यसलाई यो रुप प्रदान गर्ने श्रेय अमेरकी भौतिकशास्त्री जर्ज फिलिप ब्याम्मानलाई जान्छ ।

स्टेथस्कोपमा मुख्यतः दुई खण्ड हुन्छ । एउटा खण्ड रोगीको छात्तीमा राखिन्छ, जसलाई चेष्टपीस भनिन्छ । यसैले रोगीको मुटुको धड्कन तथा फोक्सोको आवाजलाई ग्रहण गर्छ । चेष्टपीसले ग्रहण गरेको आवाज त्यसमा जोडिएको प्लाष्टिकको दुई ओटा लचिलो नलीबाट डाक्टरले कानमा लगाएको इयरपीससम्म पुग्छ । इयरपीसलाई डाक्टरले कानमा लगाउने हुनाले जाँचको बेलामा डाक्टरले मुटुको धड्कन र फोक्सोको आवाज प्रष्ट संग सुन्न सक्छन् र बाहिरी आवाजले बाधा पनि पुर्‍याउन पाउदैन ।

परीक्षणको क्रममा डाक्टरले रोगीको छातीको विभिन्न भागमा चेष्टपीसलाई राखेर मुटुको धड्कन तथा स्वास प्रस्वासको प्रक्रियामा फोक्सोले उत्पन्न गर्ने आवाज जाँच्छन् । त्यसरी जाँच्ने क्रममा सुनिएको आवाज र पाइएको मुटुको धड्कनको गति जस्ता लक्षणको आधारमा समेत डाक्टरले सम्बनिधत व्यक्तिलाई कस्तो किसिमको रोग लागेको हो भन्ने निर्क्योल गर्छन् ।  

Main Photo: https://image.slidesharecdn.com

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *