अनाहकमै सिरिञ्ज आक्रमणको आतंक : सामाजिक बेइज्जतीको भरपाई कसले गर्ने ?

सोमबार अपरान्ह एकाएक बनेपामा सिरिञ्ज आक्रमण भएको हल्ला चल्यो । सार्वजनिक यातायातमा यात्रा गरिरहेका एक महिलाले सँगै यात्रा गरिरहेका एक पुरुष र एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण गरेको आरोप लगाइन् । सार्वजनिक यातायातमा हल्ला भएलगगत्तै त्यहाँ भीड जम्मा भयो र युवकमाथि हातपातसमेत भयो ।

त्यसपछि तत्कालै घटनास्थलमा पुगेर प्रहरीले आरोपित युवक स्याङ्जाका खगेन्द्रप्रसाद पाठक र काभ्रेकै मनिषा तामाङलाई नियन्त्रणमा लिए । सिरिञ्ज आक्रमणको आरोप लगाउने सपना वागदासलाई पनि साथमा लिएर तत्कालै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा स्वास्थ्य परीक्षणका लागि पठाइयो ।

घटना भएको केही मिनेटमै सामाजिक सञ्जालदेखि राष्ट्रिय मिडियाहरुमा समेत कथित सिरिञ्ज आक्रमणको समाचार ‘भाइरल’ बनिदियो । घटनाका आरोपित व्यक्ति स्याङ्जाका ३४ वर्षीय शिक्षक खगेन्द्र प्रसाद पाठकमाथि भीडले आक्रमण गरेको दृश्य समेत बाहिरियो । अधिकांश मिडियाहरुले खगेन्द्रलाई सिरिञ्ज आक्रमणकारी भन्दै फोटोसहित प्रचारप्रसार र समाचार ‘बुस्ट’समेत गर्न भ्याए ।

यता आक्रमणमा परेकी भनिएकी सपना वागदासलाई काभ्रेको प्रहरी टोलीले स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पठाए ।

प्रहरीले नियन्त्रणमा लिएपछि पनि स्थानीयको भीडले तथाकथित सिरिञ्ज आक्रमणका आरोपित खगेन्द्र पाठकमाथि अझै आक्रमण गर्न खोजिरहेका थिए ।


अनुसन्धानका क्रममा आरोपितहरुले सिरिञ्ज वा अन्य केही वस्तुले आक्रमण गरेको देखिएन । न त यात्रारत बसमा सिरिञ्ज भेटियो न त आरोपितको साथमा । त्यतिमात्रै होइन, आक्रमणमा परेकी भनेकी महिलाको शरीरमा आक्रमणको कुनै निसानसमेत देखिएन ।


प्रहरी कार्यालयमा पु¥याइएका शिक्षक खगेन्द्र पाठकमाथि प्रहरी कार्यालयमै पनि आक्रमण गर्ने कोशिश गरियो । मानौँ आरोप लगाउने महिलाले सिरिञ्ज हानेकै देखेकी थिइन् र सिरिञ्ज हान्ने व्यक्ति पनि खगेन्द्र नै थिए ।

त्यसैदिन प्रहरीले खगेन्द्र पाठकसँगै अर्का महिला काभ्रेकै बेथानचोक गाउँपालिका ६ बस्ने मनिषा तामाङलाई पनि नियन्त्रणमा लिएको थियो । तर मनिषाको न नाम आयो न त तस्वीर नै । बरु स्याङ्जाका सरस्वती उच्च माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक खगेन्द्र पाठकमाथि भने सबैले छिः छिः र दुर दुर गर्न थाले । अनुसन्धानका क्रममा आरोपितहरुले सिरिञ्ज वा अन्य केही वस्तुले आक्रमण गरेको देखिएन । न त यात्रारत बसमा सिरिञ्ज भेटियो न त आरोपितको साथमा । त्यतिमात्रै होइन, आक्रमणमा परेकी भनेकी महिलाको शरीरमा आक्रमणको कुनै निसानसमेत देखिएन ।

आक्रमणमा परेकी भनिएकी महिलाको शरीरमा कुनै घाउ चोट नहुनु, आरोपितबाट कुनै त्यस्तो वस्तु बरामद नहुनु र घटनामा संलग्नता समेत नदेखिएपछि प्रहरीले आरोपितहरुलाई मंगलबार २ बजे प्रहरी कार्यालय आउने गरी छाडिदियो । आक्रमणमा परेकी भनिएकी महिलालाई अस्पतालको रिपोर्ट लिएर आउन भनियो ।

मंगलबार ३ बजे, आरोप लगाउने महिला, आरोपित महिला र युवक पनि प्रहरी कार्यालय पुगे । पीडित भनिएकी महिलाले अस्पतालको रिपोर्ट पनि लिएर आइन् । तर रिपोर्टमा सिरिञ्ज वा अन्य केही घोचेको नदेखिएको रिपोर्ट लिएर आइन् ।

घटनामा संलग्नता नभएको र घटना नै कपोलकल्पित भएपछि पीडित भनिएकी महिलाले आरोपितहरुसँग माफी मागिन् । अनि प्रहरी कार्यालयमै बसेर उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै परिस्थितिजन्य घटना र त्यसले उब्जाएका परिणामप्रति दुःख व्यक्त गर्दै निराधार आरोपले पुराएको क्षतिप्रति दुःख मनाउ गरिएको छ ।

बनेपाको यो घटनाको थप अनुसन्धान वा आरोपको कथा त सकियो, तर सिरिञ्ज आक्रमणको भय र आरोपितमाथि पुग्ने सामाजिक क्षतिको कथा भने बल्ल सुरु हुँदैछ ।

अहिले समय यस्तो भइदिएको छ कि सार्वजनिक यातायात, भीडभाड वा बाटोमा हिँड्दा यदि कुनै व्यक्तिसँग सामान्य छोइयो भनेपनि सिरिज आतंकको कपोलकल्पित हौवाले आतंकित बनेर मानसिक रुपमा कमजोर बनेका कुनै पनि महिलाले तत्कालै सिरिञ्ज आक्रमण भनेर चिच्याइदिन सक्ने र त्यसले भीड पैदा गरिदिने खतरनाक स्थिति पैदा भएको छ । त्यसले निम्त्याउने स्वभाविक परिणाम भनेको बुद्धि, विवेक र संयम कुन चरीको नाम हो भन्ने कुनै हेक्का नराख्ने भीडतन्त्रले तथाकथित आरोपितमाथि मुक्का र लात्ती वर्साउने, गम्भीर शारीरिक र मानसिक क्षति पुर्याउने र उस्तै परेमा ज्यानै समेत लिन सक्ने  हदसम्मको आक्रमण हुन सक्ने सम्भावनालाई पनि जन्म दिएको छ । माथि उल्लिखित प्रसंग पनि त्यसैको एउटा प्रतिनिधिमूलक घटना हो । भनिबस्नै पर्दैन, प्रत्यक्ष आक्रमणमा नउत्रिएका वा उत्रिनसकेको रमितेहरुले पनि भीडतन्त्रको प्रहारबाट आरोपितलाई बचाउनभन्दा बढी मोबाइलबाट फोटो र भिडियो खिच्न थाल्छन् ।

घटना केही पहिलेको हो । महाराजगञ्जमा हिँड्दै गर्दा एकाएक एक युवती चिच्याइन् । आफूमाथि सिरिञ्ज आक्रमण भएको भन्दै उनले नै १०० मा फोन गरेर जानकारी गराइन् । तत्कालै महाराजगञ्ज र पूहरी परिसरको टोली घटनास्थल पुग्यो । आरोपित युवकलाई पनि नियन्त्रणमा लिइयो ।

आरोपित युवकले पटकपटक आरोप अस्वीकार गरिरहे । युवतीको हातमा पनि सिरिञ्ज आक्रमण गरेको घाउ त देखिएन बरु हातको औंलामा केहीले कोतरेको भने देखियो । प्रहरी टोलीले दुबैजनासँग कुराकानी गर्यो । अन्तमा के पत्ता लाग्यो भने बाटोमा हिँड्दै गर्दा युवक र युवतीको हात ठोक्किएको थियो । र, युवकले हातमा लगाएको औंठीले युवतीको हातमा अलिकति कोतरेको मात्रै थियो ।

तर बजारभरी तथाकथित सिरिञ्ज आक्रमणको हल्ला चलिरहँदा ती युवती आत्तिएर प्रहरीलाई खबर गर्न भ्याएकी थिइन् ।


सिरिज आतंकको जति चर्चा भएका छन्, त्यसमा वास्तविकताले भन्दा पनि बढी मनोवैज्ञानिक आतंकले काम गरिरहेको देखिन्छ । अनि, घटनाको सत्यतथ्य बुझ्नेतर्फ लाग्नुभन्दा पनि अधिकांश मानिसहरु हल्लाकै पछाडि दौडिइरहेका छन् । हालसम्म एउटा पनि घटनामा सिरिञ्ज आक्रमण वा सिरिञ्जको प्रयोग भएको कुरमा प्रामाणिक रुपमा प्रकाशमा आएकै छैन ।


सिरिञ्ज आक्रमणको हल्ला र आरोप हेर्ने हो भने अहिले १ दर्जनभन्दा बढी घटना भएका छन् । तर अहिलेसम्म कुनैपनि घटनामा सिरिञ्ज आक्रमण भएको ठोस प्रमाण र तथ्यहरु पाइएको छैन । कथित ‘सिरिञ्ज आक्रमण’ मा संलग्न भनेर जो पक्राउ परे उनले पनि ‘ढलान किला’ आक्रमण गरेको स्वीकार गरिसकेका छन् ।

सिरिज आतंकको जति चर्चा भएका छन्, त्यसमा वास्तविकताले भन्दा पनि बढी मनोवैज्ञानिक आतंकले काम गरिरहेको देखिन्छ । अनि, घटनाको सत्यतथ्य बुझ्नेतर्फ लाग्नुभन्दा पनि अधिकांश मानिसहरु हल्लाकै पछाडि दौडिइरहेका छन् । हालसम्म एउटा पनि घटनामा सिरिञ्ज आक्रमण वा सिरिञ्जको प्रयोग भएको कुरमा प्रामाणिक रुपमा प्रकाशमा आएकै छैन । सोमबार बनेपा काण्डपछि धेरैले सामाजिक सञ्जालमा ती शिक्षकमाथि लगाइएको आरोप निराधार भएको विचार व्यक्त गरे । कतिपयले ‘ती व्यक्तिको हुलिया सिरिञ्ज आक्रमण प्रकृतिको नभएको’ बताए भने धेरैले कुनै व्यक्ति सिरिञ्ज आक्रमण गर्न स्याङ्जाबाट काठमाडौं आउँदैन भनेरसमेत लेखे ।

यद्यपि उत्तेजित भीडले भने आरोपितलाई मार्नुपर्छसम्म भन्न भ्याए । ‘सिरिञ्ज आक्रमण’को समाचार एकाएक भाइरल हुँदा स्याङ्जाका एकजना सोझा शिक्षक एकाएक ‘अपराधी’ र ‘मानसिक सन्तुलन गुमाएको व्यक्ति’ बन्न पुगे । अहिले त ती शिक्षकमाथि लागेको आरोप ‘निराधार’ भएको पुष्टि भइसकेको छ र उनी छुटिसकेका छन् । तर के उनीमाथि लागेको आरोप र सामाजिक प्रतिष्ठा पनि फर्किएको छ त ?

एकजना निर्दोष शिक्षकलाई अपराधी बनाएर समाचार लेख्ने कतिले शिक्षक निर्दोष भएको समाचार लेखे । कतिले समाचार सेयर गरे ? के अपराधी देखेर समाचार पढ्ने सबैले निर्दोष भएको समाचार पढ्न पाएका होलान् त ? के उनको सामाजिक प्रतिष्ठा पहिलेकै अवस्थामा छ होला त ? सबैभन्दा मुख्य कुरा त त्यो घटनालाई ‘स्कूप’को रुपमा चर्चा परिचर्चा गर्ने र कानूनी वा अदालती प्रक्रियाबाट अपराध प्रमाणित हुनुभन्दा पहिल्यै निजलाई ‘अपराधी’को रुपमा चित्रित गर्ने नेपालका कति मिडियाहरुले चाहिँ सत्यतथ्य उजगार गर्दै त्यसको ‘फलोअप’ समाचार छापेर एउटा निर्दोषको अनुहारमा जबरजस्ती पोतिएको त्यो कालोलाई धोइपखाल्ने ‘कष्ट’ गरे ?

माथि उल्लिखत घटनाको सन्दर्भमा उठ्ने एउटा यक्ष प्रश्न के पनि हो भने, के कुनै महिला वा युवतीले आरोप लगाउँदैमा त्यो घटना भइहालेकै हुन सक्छ ? के अनाहकै लगाएको आरोप सामान्य माफी मागेर कथा सकिन्छ त ? साँच्चै समयमै प्रहरी नपुगेको भए र भीडले शिक्षक पाठकमाथि ठूलै आक्रमण गरी केही भएको भए, त्यसको जिम्मेवारी कसले लिने थियो ?

अहिले सबै व्यक्तिसँग आफ्नै सवारीसाधन छैन । सार्वजनिक यातायातमा सवारीसाधन चढ्नु बाध्यता नै छ । भीडभाड हुने स्थानमा हिँड्नुको पनि कुनै विकल्प छैन । तर सामान्य धक्का लागेको वा छोइएकै आधारमा मानसिक रुपमा कमजोर रहेको कुनै महिला वा स्त्रीले आतंकित भएर आफूमाथि सिरिञ्ज आक्रमणको हल्ला गर्यो र सत्यतथ्यको जाँचपड्ताल नै नगरिकन ती ‘कथित आक्रमणकारी’ लाई हदैसम्मको दण्ड दिने निर्णय भीडले लिन थालियो भने के हुन्छ ? उत्तेजित भीडले विवेक गुमायो भने परिस्थिति कस्तो बनिदिन्छ ?

मानिसहरुलाई जसरी दोषी देखाइन्छ र पछि अनुसन्धानले अर्कै रिपोर्ट दिन्छ, त्यसपछिको सामाजिक तथा मानसिक अवस्थाले विश्लेषण कसले गर्ने ? सामाजिक प्रतिष्ठामा आएको आँच र सामाजिक क्षतिको क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन ? त्यो सामाजिक क्षतिको हिसाबकिताब गर्ने कि नगर्ने ?

वास्तवमा, लोकतन्त्रसँगसँगै आएको चेतनाले निम्त्याएको सचेतनतालाई सकारात्मक रुपमै लिनुपर्छ तर लैंगिक हिंसाको नाममा महिला वर्गले जेजस्तो आरोप लगाएर पनि त्यो उँचो स्वरमा सुनिने र हर घटनाहरुमा पुरुष जातिलाई चाहिँ उत्पीडक नै देख्ने गरी विकसित हुँदै गइरहेको मानसिकताले चाहिँ समाजलाई नकरात्मक दिशातिर डो¥याउने खतरा उत्तिकै बढेर गएको छ । यसो हुनुको एउटा पाटो लामो समयदेखिको पुरुष उत्पीडित त जिम्मेवार त छँदैछ, तर त्यो उत्पीडनकारी प्रवृत्तिका विरुद्ध आवाज उठाउँदा हरेक घटनाको सत्यतथ्यमा आधारित रहेर तहमा पुग्नुको सट्टा अतिरञ्जना गर्ने, घटनाक्रमलाई एनजीओकरणको मुद्दामा परिणत गर्ने गरी मौलाउँदै गरेको खतरनाक प्रवृत्तिविरुद्ध चनाखो रहनु र खबरदारी गरिरहनु पनि उत्तिकै जरुरी छ । 

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *