आठ घण्टापछि ठिक भयो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप

सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप लगभग आठ घण्टाको गडबडीपछि ठिक भएको छ ।

यी एप्स पूर्ण रुपमा ठप्प त थिएनन् तर केही फिचरमा समस्या देखिएको थियो ।

फेसबुकले अब यो समस्या हटिसकेको जानकारी दिएको छ ।

विशेषगरी यी एप्समा तस्बिर र भिडियो पठाउन समस्या थियो भने यी अपलोड पनि भइरहेका थिएनन् ।

फेसबुक वेबसाइट र एपका न्यूजफिडमा केही तस्बिर लोड हुन सकिरहेका  थिएन र इन्स्टाग्राममा पनि यस्तै समस्या देखिएको थियो ।

Facebook@facebook

We’re aware that some people are having trouble uploading or sending images, videos and other files on our apps. We’re sorry for the trouble and are working to get things back to normal as quickly as possible. #facebookdown29.8K10:03 PM – Jul 3, 2019Twitter Ads info and privacy16.1K people are talking about this

ह्वाट्सएपमा पनि मानिसहरुलाई तस्बिर र भिडियो पठाउन र ती डाउनलोड गर्न समस्या भइरहेको थियो ।

आठ घण्टासम्म रह्यो समस्याः

केही प्रयोगकर्ताले फेसबुकमा केही तस्बिर, भिडियो वा अन्य डेटालाई एप वा वेबसाइट दुबै तर्फबाट एक्सेस हुन नसकेको बताएका थिए ।

यस्तै गरी इन्स्टाग्राममा स्टोरिज हेर्न समस्या भइरहेको थियो र केही तस्बिर लोड हुन सकेका थिएनन् ।

फेसबुकले ट्वीट गरेर यसबारे आफूलाई थाहा भएको र यसमाथि काम भइरहेको जानकारी दिएको थियो ।

फेसबुक र इन्स्टाग्राममा केही तस्बिर राम्रोसँग लोड भइरहेका थिएनन् । कतिलाई फेसबुक मेसेन्जरमा मेसेज हेर्न पनि समस्या भइरहेको थियो ।

तर आठ घण्टापछि नेपाली समयानुसार बिहिबार बिहान पाँच बज्नै लाग्दा फेसबुकले ट्वीटर गरेर समस्या सुल्झाएको जानकारी दिएको छ ।

Facebook@facebook · 13h

We’re aware that some people are having trouble uploading or sending images, videos and other files on our apps. We’re sorry for the trouble and are working to get things back to normal as quickly as possible. #facebookdown

Facebook@facebook

Earlier today, some people and businesses experienced trouble uploading or sending images, videos and other files on our apps and platforms. The issue has since been resolved and we should be back at 100% for everyone. We’re sorry for any inconvenience.2,2185:51 AM – Jul 4, 2019Twitter Ads info and privacy776 people are talking about this

फेसबुकले लेखेको छ, ‘केही मानिसहरु र बिजनेसलाई हाम्रो एप्स र प्लेटफर्ममा तस्बिर, भिडियो  र अन्य फाइल पठाउन समस्या भयो । यो समस्या सुल्झाइएको छ । हामी कुनै पनि प्रकारको असुविधाका लागि खेद प्रकट गर्छौं ।’

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *