माइतीघरमा गुठी पक्षधरको विशाल प्रदर्शन

४ असार, काठमाडौं । गुठी पक्षधरहरुले काठमाडौंमा विशाल प्रदर्शन गरेका छन् ।

राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोधपछि  भूमिव्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिएको घोषणागरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो ।

तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने आशंका गरेका छन् । त्यसैको खबरदारीका लागि विधेयक फिर्ता भएको भोलिपल्ट राजधानीका विभिन्न स्थानबाट र्‍याली निकालेर गुठीपक्षधरहरुले प्रदर्शन गरेका हुन् ।

विभिन्न स्थानबाट निस्किएको र्‍याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ ।

खबरदारीसभा अघि  ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा र्‍ त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट र्‍याली निकालेका थिए ।

केहीबेरमा हुने खबरदारीसभामा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने बताइएको छ ।

गुठी पक्षधरहरु  प्रदर्शनपछि अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *