युरोटनेल रेल चढेर प्रधानमन्त्री फ्रान्स पुग्ने

२९ जेठ, बार्सिलोना। नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओली युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका छन्। तीन दिने बेलायत भम्रणसकेर प्रधानमन्त्री ओली आज दिउँसो रेलमार्ग हुँदै फ्रान्स पुग्ने भएका हुन्।

१९ अर्व डलरभन्दा बढीको लागतमा फ्रान्स र बेलायतबीच समुद्री सतह ‘इंग्लिस च्यानलमुनि’ बनाइएको सुरुङमार्ग ५० किलोमिटर लामो रहेको छ । प्रत्येक वर्ष करिब एक करोड यात्रुहरु बेलायत र फ्रान्सबीच आवतजावत गर्ने उक्त सुरुङमार्ग हुँदै नेपालका प्रधानमन्त्रीपनि लण्डनबाट पेरिस प्रस्थान गर्ने बताइएको छ।

निर्माण सुरु भएको एकसय वर्षपछि बेलायतदेखि फ्रान्ससम्म सुरुङ छिचोल्न सफल भएको उक्त रेलमार्गलाई युरोप भ्रमणमा रहेको नेपाली टोलिले निकै चासोपूर्बक हेर्ने ठानिएको छ।

स्वीट्जरल्याण्ड र बेलायतको भ्रमणसकेर प्रधानमन्त्री ओलीले आजदेखिनै फ्रान्सको भम्रण गर्नेछन्। प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटबार्ता हुने पेरिसस्थित नेपाली दूताबासले जनाएको छ। नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगिसकेको छ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *