अख्तियारले समात्यो २ हजार घुससहित मालपोतका सुब्बा

राजधानीको चावहिलस्थित मालपोत कार्यालयका नायब सुब्बालाई अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले दुई हजार घुससहित रंगेहात पक्राउ गरेको छ।

कार्यालयका नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कार्यलय परिसरबाट बिहीबार नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव कालीप्रसाद पराजुलीका अनुसार श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा सहजीकरणका लागि सेवाग्राहीसँग घुस मागेका थिए।

श्रेष्ठमाथि  आयोगले अनुसन्धान गरिरहेको छ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *