मापदण्डविहीन औषधी पसल

 औषधि भण्डारणका लागि औसतमा २५ देखि ३० डिग्रीको तापक्रम आवाश्यक पर्छ । त्यसमाथि ओस नभएको र सुख्खा ठाउँमा औषधि राख्नुपर्ने हुन्छ । तर के बिरामीले सेवन गर्ने औषधि यस्तो न्यूनतम मापदण्डभित्रकै हुन्छन् त ? यो प्रश्नप्रति धेरैको ध्यान पुग्ने गरेको छैन ।

तपाईं हामी सबैले देख्ने गरेका छौँ, ‘अधिकांश फार्मेसी जस्ताको छाना भएका सटर, एक तले घर, घाम लाग्दा सबै औषधि घामले तात्ने र पानी पर्दा भिज्ने गरेका दृश्य प्रशस्तै देखिन्छन् । जानकारहरुका अनुसार धेरैजसो औषधि ३० डिग्रीभन्दा माथि तापक्रम भएको खण्डमा त्यस्तो ठाउँमा राखेको औषधि विग्रँर्दै जाने सम्भावना हुन्छ ।

भण्डारण गर्दा केही घण्टाका लागि गर्मीमा औषधि राख्दा समस्या नभए पनि सधैँ गर्मीमा राख्ने औषधि बिग्रन्छन् ।

सहरी क्षेत्रमा औषधि व्यवस्थापनमा केही हदसम्म राम्रो भए पनि समग्र नेपालको फार्मेसीको अवस्था हेर्ने हो भने एक तल्ले भवन, जस्ताको छाना भएको घर र फार्मेसीको भित्रसम्म नै घाम पुगिरहेका भेटिन्छन् ।

युवराज भुसालले फार्मेसी सञ्चालन गरेको लामो समय भयो । उनी फार्मेसी क्षेत्रलाई व्यवसायभन्दा पनि सेवामूलक ठान्छन् । विश्व स्वास्थ्य सङ्गठनको नीति नियम अनुसार नेपालको औषधि भण्डारणका लागि फार्मेसी नचलेको उनको तर्क छ ।


नेपाल फार्मेसी सङ्घका महासचिवसमेत रहेका भुसाल भने फार्मेसीको भण्डारण तत्काल सुधार गर्न नसके पनि घामको किरण छेकिने गरी कालो सिसा राख्ने, पर्दा राख्ने र घाममा राख्दा नबिग्रने औषधिलाई घाममा राख्ने हो भने औषधि भण्डारणमा देखिएको समस्या केही कम हुने बताउँछन् ।


औषधि उत्पादनदेखि उपभोक्तासम्म कसरी सुरक्षित तरिकाले औषधि पु¥याउने भन्ने कुरालाई डब्लूएचओको नीतिमा उल्लेख छ । जस्ताको छाना भएको ठाउँमा फार्मेसी पसल राख्नै हुँदैन, त्यति मात्रै होइन घाम लाग्ने ठाउँमा पनि फार्मेसी पसल राख्न मिल्दैन । तर घाममा औषधि राख्दा औषधिको बट्टाको कलर नै डिस्कलर भइसकेको पाइन्छ । यसले गर्दा यसरी राखिएका औषधिमा फिजिकल र केमिकल प्रपोर्टीमा परिवर्तन हुने सम्भावना हुन्छ । अर्थात यस्तो औषधि बिरामीले खाँदा काम नगर्ने र रोग निको नहुने भुसाल बताउँछन् ।

नेपाल फार्मेसी सङ्घका महासचिवसमेत रहेका भुसाल भने फार्मेसीको भण्डारण तत्काल सुधार गर्न नसके पनि घामको किरण छेकिने गरी कालो सिसा राख्ने, पर्दा राख्ने र घाममा राख्दा नबिग्रने औषधिलाई घाममा राख्ने हो भने औषधि भण्डारणमा देखिएको समस्या केही कम हुने बताउँछन् ।

घामबाट जोगाउनुपर्ने औषधि जोगाउन सकिएन भने त्यो औषधिले बिरामीको स्वास्थ्यमा प्रतिकूल असरसमेत गर्नसक्छ । उदाहरणका लागि रेबिजको सुई लगाउँदा पनि पछि रेबिज हुनसक्ने सम्भावना हुन्छ ।

नागरिक पनि सचेत हुन आवश्यक

यसबारे सर्वसाधारणमा पनि चेतना हुन जरुरी छ । आफूलाई डाक्टरले कुन औषधि प्रेस्क्रिप्सन गरेको छ ? कस्तो ठाउँबाट औषधि किनिदैछ ? औषधिको प्रयोग मिति, औषधिले गर्ने काम र फार्मेसीबाट औषधि किनेर लगेपछि कहाँ राख्नेजस्ता कुरामा ध्यान दिन जरुरी छ । धेरैजसोले आफूले प्रयोग गर्ने औषधि किनेर लगेपछि जताततै राख्ने गरेको समेत पाइन्छ ।

साथै औषधि सेवन गर्ने नागरिक आफैले पनि औषधि खाएपछि राम्रोसँग बिर्काे लगाउने, बालबालिकाले नभेट्ने ठाउँमा राख्ने र प्रत्यक्ष घामले औषधि नभेट्ने ठाउँमा राख्नुपर्ने हुन्छ । एउटै घरमा अन्य सदस्य पनि बिरामी छन् भने आआफ्नो औषधि थाहा हुनेगरी फरक फरक ठाउँमा राख्नुपर्दछ । कुनै घामबाट जोगाउनुपर्छ भने कुनै औषधि चिसोमा राख्नुपर्ने भुसालको सुझाव छ ।

अहिले नेपालका धेरै मधुमेह बिरामी इन्सुलिनमा (सुईबाट दिने) भर पर्नुपर्ने अवस्था छ । तर इन्सुनिलाई कोल्चेन मेन्टेन गर्नुपर्ने हुन्छ । मधुमेहका बिरामीले घरमा लगेको इन्सुलिनको कोल्चेन मेन्टेन गर्न सकेको छैन भने त्यो औषधिको प्रभावकारिता कम हुन्छ, जसले गर्दा मधुमेह घट्नेको साटो बढ्दै जान्छ । मधुमेह कन्ट्रोल नहुने बिरामीको निधन हुने सम्भावनासम्म हुन्छ । त्यसैले यस्ता औषधि प्रयोग गर्ने बिरामीलाई सानो आयुस ज्याकेट किन्न लगाउनुपर्ने पनि उनको सुझाव छ ।

नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपक दाहाल भन्छन्, ‘कुनै पनि औषधिको प्रयोग गर्ने अन्तिम मितिसम्म पनि परीक्षण गर्दा औषधिको दक्ष सायक्लिनिङ कम्तीमा ९५ प्रतिशतदेखि बढीमा १ सय ५ प्रतिशतको बीचमा हुनुपर्छ ।’


सरकारले औषधि भण्डारणका लागि निति निर्माण नगरेको भने होइन । तर बनाएको नीति प्रभावकारी कार्यान्वयन हुन नसकेको नेपाल औषधि व्यवसायी उत्पादक सङ्घका अध्यक्ष दाहालको गुनासो छ ।


तर तापक्रम धेरै भएको ठाउँमा राखेको औषधिको दक्षसायक्लिनिङ ९५ भन्दा तल झर्ने सम्भावना हुन्छ र जति औषधिले काम गर्नुपर्ने हो, त्यति काम नगर्ने उनी बताउँछन् । जस्तै औषधि आन्द्रामा कुन भागमा गएर कतिखेर घुल्ने हो ? रगतमा कसरी जाने जस्ता कुरालाई समावेश गरिएको हुन्छ तर औषधि भण्डारण सही नभएको खण्डमा नकारात्मक असर पनि पर्न सक्छ ।

उदाहरणका लागि हामीले खाएको औषधि १५ मिनेटभित्र ८५ प्रतिशत रगतमा गइसक्नुपर्छ । तर घाममा राखेको औषधि प्रयोग गरेको छ भने ८५ को ठाउँमा ७० प्रतिशत मात्रै रगतमा पुगने सम्भावना हुने उत्पादक सङ्घका अध्यक्ष दाहाल बताउँछन् ।

सरकारले औषधि भण्डारणका लागि निति निर्माण नगरेको भने होइन । तर बनाएको नीति प्रभावकारी कार्यान्वयन हुन नसकेको नेपाल औषधि व्यवसायी उत्पादक सङ्घका अध्यक्ष दाहालको गुनासो छ ।

यता औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले नेपालमा औषधि भण्डारण खासै समस्या नभएको बताउँछन् । देशभर २१ हजार औषधि व्यवसायीहरु भएको र उनीहरुलाई औषधि भण्डारणमा ध्यान दिनुपर्ने विषयमा तालिम दिँदै आएकाले समस्या रहेको बताए ।

‘आईसीयूमा प्रयोग गरिने औषधि फ्रिजमा राख्नुपर्ने हुन्छ  । केही    औषधिहरु ४० देखि ५० डिग्रीसम्मको तापक्रममा पनि राख्न मिल्छ’ अध्यक्ष श्रेष्ठले रातोपाटीसँग भने । नेपालमा आयात गरिएको औषधि नेपालको भन्दा पनि बढी तापक्रम भएको देशमा बन्ने भएको हुँदा भण्डारणमा खासै समस्या नहुने अध्यक्ष श्रेष्ठको दाबी छ ।

Be the First to Advertise Us


Sano Pasal

———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *