मोबाइलको भूत



सुयोग ढकाल , छिमेकी दिदीले छोरालाई अरू केही कुरामा गाली गरेको सुनेको छैन, सिवाय एउटा कुरा । हरेकपटक मोबाइल र ल्यापटपमा झुन्डियो भनेर दिदी कराउँछिन् । तर, छोरोको जीवनरेखा नै त्यसैमा छ । भर्खरै एसईई दिएको छोरोले क्यालेन्डरमा रातोरातो मसीले दिनहरू केरेको छ, १४ दिन बाँकी छ, दादाले मलाई मोबाइल किनिदिने डेडलाइनको भन्दै । ऊ आशावादी देखिन्छ । उता, दिदी मोबाइल चलाउँदा चलाउँदै बिगारिसक्यो भनेर चिच्याइरहेकी छिन्, यो बडो अचम्मको कहानी भएको छ ।


के मोबाइल र इन्टरनेटले सबैलाई बिगारेकै छ त ? स्मरण रहोस्, विदेशमा रहेका श्रीमान्लगायत आफन्तजनलाई दिदी आजभोलि म्यासेन्जरबाटै कल गर्न थालेकी छन् ।

मोबाइलमा अटाएको संसारमा छोराको गेमको संसार छ अनि दिदीको पनि आफ्नै संसार । तर के मोबाइलको प्रयोग गलत हो त ? सूचना र प्रविधिको युगमा बालबच्चालाई आउटडोर क्रियाकलापमा पठाउन र सामाजिक बनाउन गाह्रो त पक्कै छ । तर, प्रविधिबाट पर राख्नु र बन्देज लगाउनु के सामाजिक बनाउनु हो ? के मोबाइल नचलाउने र गेम नखेल्ने सबै बालबच्चा प्रगतिशील हुन् त ? त्यस्तै, केही विषयमा पटक–पटक विवाद हुन्छ, मेरो आफैंसग अनि अरूसँग पनि । कति सीमा हो, भर्चुअल विश्वको, कति भौतिक विश्वको ?

भेटेर हालचाल सोध्नु र म्यासेन्जरमा कुरा गरेर जानकारी लिनुको फरक सोच्छु । विवाहको कार्ड प्रिन्ट गरेर घरघरमा पु¥याउँदा गज्जबको निम्तो हुने हो या कार्डको इमेज इमेल या अन्य माध्यमले पठाउनु निम्तो पनि गज्जब हो ?


कुरा जे सुकै होस्, यो प्रविधि र परिवर्तनको विषयमा यदि कोही मज्जाले पिल्सिएका छन् भने ती अहिलेका पुस्ता हुन् । उनीहरूका लागि प्रविधिको प्रयोगको परिभाषा हामीले पुनर्परिभाषित गर्न सकेका छैनौं ।


मोबाइलबाट इलुमिन्याटीजहरूबारे थाहा पाएको भाइले मलाई क्यापिटलिस्ट र कन्सपिरेसी थेरिज बताउँदा मैले मोबाइल गेम मात्र होइन भन्ने चाल पाएँ । सूचनाको खोज र अध्ययनका लागि पनि हामीले प्रविधिको प्रयोगकर्ताहरूलाई उत्प्रेरित गर्न नसकेको भने पक्कै हो ।

दैनिक ५ घण्टा बढी मोबाइल र ग्याजेटमा बिताउने कलेजका विद्यार्थीलाई पढ्न भने किताब, कापी र कलममै पुराना संरचना भएको टेबलमा राख्ने शिक्षण पद्धति र अभिभावकहरू पनि मेरो नजरमा फेल नै मानिन्छन् ।


केही समय युरोपमा रहँदा मैले नेपाली विद्यार्थीसँग साक्षात्कार गर्न पाएँ, मुख्य कुरा नेपालबाट आएपछि पर्ने समस्या भने यहाँको सिस्टममा एडप्ट हुन अप्ठ्यारो रहेछ । ट्रेनको रुटदेखि खाना खाने ठाउँको उपलब्धतासम्म अनलाइन हेर्ने सिस्टममा अध्ययन पनि अनलाइन खोज र असाइनमेन्ट सबमिट गर्ने सिस्टममा हुन्छ, जुन हामीले नेपालमा सिकेकै छैनौं । त्यसैले सिस्टम बुझ्न हामीलाई समस्या पर्छ ।

अनलाइनबारे पूर्ण जानकारी नभएका कारणले नै प्रथम सेमिस्टर या टर्ममा नेपालमा राम्रो पढेका विद्यार्थी पनि त्यहाँ पछि पर्ने बताइन्छ । हुन त नेपालमा नामका पछाडि इन्टरनेसनल कलेजलाई विशिष्ट रकम तिरेर पढे पनि कलेजले कोर्स शिवाय कपाल नङ काट्न, डीआईको पिटाइ र गाली खान तथा आफ्नो सेल्फ रिस्पेक्ट गुमाउन सिवाय अरू सिकाएको छैन जस्तो भान हुन्छ ।
प्लस २ पढेका विद्यार्थीले पछि गएर विभिन्न इन्ट्रान्स पेपर, सिपमूलक कोर्स तयारी अनलाइन र जाँचसमेत अनलाइन गर्नुपर्ने देखिन्छ तर कलेजमा यो संयन्त्रलाई पाप र अपराध मानेर पढाइन्छ । उत्तर कसले दिने हो ?

मोबाइल लिएर या चलाएर जाँदा गाली खाएका र अभिभावकसम्म बोलाएर गाली खाएका विद्यार्थीको जमातले प्रविधिको साक्षात्कार र सिकाइमा प्रविधिको प्रयोग कहिले बुझ्ने हुन् ? कठिन छ ।

दिदी विदेशमा रहेका श्रीमान् तथा आफन्तस“ग म्यासेन्जरबाटै संवाद गर्छिन् । तर, छोरालाई मोबाइल चलाउन प्रतिबन्ध लगाउ“छिन्

युरोपका केही देशको प्रतिव्यक्ति आय र कुल गार्हस्थ्य उत्पादन नै प्रविधि र प्राविधिक जनशक्तिको देनले धानिएको छ । हामीले चलाउने विभिन्न एप्लिकेसन र प्लेटफार्महरू जुन विश्वमै सर्वाधिक चलाइन्छ । ती विषयको कोड चिसो र हिउँले ढाकिरहने देशका मान्छेले गरेका हुन्छन् । प्रविधिमा समृद्धि लुकेको छ तर हाम्रो देशको शिक्षणमा प्रविधि प्रयोग
पाप ठानिन्छ ।

अनलाइनमा पनि शैक्षिक पाठ्यक्रम, मक परीक्षाहरू राखिदिएर, भिडियो अडियोका माध्यमबाट सिकाएर विद्यार्थीलाई सहयोग गर्न किन सकिरहेका छैनौं ? नेपालका हरेक कलेज र स्कुलमा इन्टरनेसनल नाम त राखिन्छ तर शिक्षण त अझै रामायणकालको पाठशालाको आधारमा छ नि ।
रामायणकालीन शिक्षण पद्धतिलाई केही खुकुलो पार्न सकिने वर्षका रूपमा यस वर्षलाई अगाडि सार्न सम्पूर्ण विद्यार्थीका तर्फबाट मेरो अनुरोध छ । विश्वले अनलाइन सिकाइ र पढाइलाई आत्मसात् गरिसकेको छ, हामी नेपाल धेरै पछि छौं, यसतर्फ ध्यान दिऔं । ग्लोबल्ली प्रतिस्पर्धा गर्न सक्ने शिक्षण त्यस संस्थाको मात्र हुन्छ, जसले अनलाइनमा पनि शिक्षण पद्धति र सामग्री उपलब्ध गराउँछ । दिदीको छोरोले पनि अनलाइनमा गेम मात्र नभई पढ्न पनि पाइन्छ भन्ने थाहा पायो भने भिडियो हेर्दै अडियो सुन्दै अनि मोबाइल स्क्रिनबाट पढ्दै कति कुरा सहजै सिक्ने थियो होला । तर, दिदीले उसलाई अनलाइन चौतारी दिइन् त ? ल

rajdhanidaily

Be the First to Advertise Us

Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *