ट्रोल शेयर गरेको आरोपमा विवेकलाई कारबाहीको सिफारिस

सोमबार दिउसो बलिउड अभिनेता विवेक आबेरायले यस्तो ट्वीट गरे जसको कारण बलिउड नगरी मै कम्पन मच्चीयो । अहिले विवेक प्रति गाली र निराश अभिव्यक्तिले सामाजिक सञ्जाल भरिएको छ । अभिनेत्री सोनम कपुरले विवेकको ट्वीटप्रति दुःख व्यक्त गरेकी छन् ।

ऐश्वर्यासँगको तस्बिर मजाक बनाएपछि विवेक ओबेराय फन्दामा

यस ट्वीटबाट विवादित बनेका अभिनेता विवेक ओबेराय विरुद्ध महाराष्ट राज्य महिला आयोगले कारबाहीको लागि सिफारिस गरेको समाचार आएको छ । महाराष्ट्र राज्य महिला आयोग प्रमुख विजया रहातकरले एग्जिट पोल बनाएर ट्रोल शेयर गरेको आरोपमा विवेकलाई कारबाहीको सिफारिस गरेकी हुन् ।

महिला आयोगले कारबाहीको सिफारिस गरेसँगै विकेक आबेरायले आफ्नो ट्वीट हटाउँदै मागी मागेका हुन् । विवेकले एग्जिट पोल जस्तो गरी तस्बिर बनाएर अभिनेत्री ऐश्वर्याको मजाक उडाएका छन् । उनले सलमान, अभिषेक र आफ्नो ऐश्वर्यासँगको सम्बन्धलाई लिएर मजाकको ट्रोल बनाएका थिए । उनले ट्रोलमा ऐश्वर्या र सलमानको प्रेमलाई ओपिनियन पोल भनेका छन् । यस्तै, विवेक र ऐश्वर्याको प्रेमलाई इक्जिट पोल र अभिषेक बच्चन, ऐश्वर्यासँग उनीहरुको छोरीको तस्बिरमा रिजल्ट भनि देखाएका छन् ।

अहिले विवेकको कुरा गर्दा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम मोदी’ मा मुख्य भूमिकामा देखिंदैछन् । सोमबार मात्रै पिएम मोदीको नयाँ पोस्टर रिलीज भएको छ । आगामी शुक्रबार फिल्म रिलीज हुने जनाएको छ । यहीबीच मुख्य भूमिकामा रहेका विवेक नै विवादमा तानिएपछि फिल्म निर्माता टिममा भने निराशा छाएको बताएको छ ।

यस्ताे छ विवेक ओबेरायले पाेष्ट गरेकाे तस्बिर

एजेन्सी ।

Be the First to Advertise Us


Sano Pasal

———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *