देश अरू कसैले खाइदिने डरमा रुमलिएको नागरिकता बहस

नेपालमा नागरिकताको समस्या छ भनिन्छ, त्यो समस्या कसको तर्फबाट भनिएको हो भन्ने प्रश्न रोचक छ । कसका लागि समस्या छ ? शासकहरुका लागि समस्या भएको हो कि, नागरिकता पाउन समस्या हुने आम जनताको लागि समस्या भएको हो ?

नेपालमा नागरिकताको कुरा त्यति बेलादेखि नै मुद्दाका रूपमा छ, जतिबेलादेखि नागरिकता बाँड्न थालियो । नागरिकता बाँड्ने काम २००७ साल यताबाट सुरु भई ०२०–०२२ सालपछि राम्रोसँग भएको हो । हामीसँग नागरिकताका बारेमा त्यति पुरानो इतिहास पनि छैन ।

नागरिकताको प्रमाणपत्र दिने भन्ने कुरा ‘रुलिङ क्लास’को कुरा हो । रुलिङ क्लासले आफूले शासन गर्नका लागि यो–यो कारणले तँ मेरो नागरिक हो भन्छ । पारिजातले नेपालको नागरिकता पाउने कोसिस गरेकी पनि हुन् । लामो समय नेपालमा बसेर साहित्य लेखेकी मात्र होइनन् । नेपालको राजनीतिक, सांस्कृतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेकी पारिजातलाई नेपालको नागरिकता दिइएन । तेन्जिङलाई पनि नेपाली नागरिकता दिइएन । उनी भारतको नागरिक थिए ।

नागरिकताको कुरा जुन ढङ्गले गरिन्छ, त्यसमा म ऐतिहासिक कारण देख्छु । खासगरी शासकहरुले निर्माण गरेको एउटा मिथकमा आधारित छ, त्यो मिथक पृथ्वीनारायण शाहबाट सुरु हुन्छ । काठमाडौँ खाल्डो कब्जा गरिसकेपछि पृथ्वीनारायण शाहले पहिलो पटक दरबार खडा गरे । त्यहाँदेखि आजसम्म एउटा डर छ । त्यो डर भनेको ‘देश अरू कसैले खाइदिन्छ भन्ने डर’ हो । त्यो डर २००७ सालयता आएपछि अझ जटिल हुन्छ । पञ्चायत कालमा अझ जटिल हुन्छ । त्यसपछि नेहरु डक्ट्रिन, सिक्किमीकरणको कुरा गरिन्छ । पछि सिक्किमीकरणले पनि पुगेन । फिजीमा पूर्वभारतीयहरुको सङ्ख्या धेरै भएपछि त्यहाँ चुनावबाट उनीहरुले फिजीलाई खाइदिए भन्ने हौवा सुरु हुन्छ । त्यो डिस्कोर्स नेपालमा आउँछ । एक जना बहिनीले वीरगन्ज जिल्ला प्रशासन अगाडि उभिएर मधेसी अनुहारको मानिसलाई देखाउँदै भन्छिन् ‘हेर्नुहोस यिनीहरु सबै भारतीय हुन्, यिनीहरु नेपालको नागरिकता लिन लाइनमा बसिरहेका छन् भनेर एउटा पसलेलाई सोध्छिन् । पसलले यिनीहरु नेपाली बोल्न पनि जान्दैनन् र लेख्न पनि जान्दैनन् । त्यसैले सबै भारतीय हुन्, नेपाली नागरिकता लिन आएका छन् भन्छन् । त्यो भिडियो भाइरल हुन्छ । किन भाइरल हुन्छ भने सबैको दिमागमा पहिलेबाटै मधेसी अनुहारको मानिस नेपाली हुँदैन भन्ने छ । त्यहाँ ‘माइन्ड सेट’ भाइरल भएको हो ।

प्रमाणपत्र र कानुनभन्दा पहिले एउटा साइकोलोजी निर्माण गरिएको छ । त्यो साइकोलोजीले मजस्तै तथाकथित नेपाली भाषा बोल्ने, मजस्तै अनुहार भएको पहाडी मान्छे मात्र नेपाली हो भन्ने बनिबनाउ धारणा निर्माण गरेको छ । त्यो साइकोलोजी पृथ्वीनारायण शाहले जितेदेखि यता विस्तारै बन्दैबन्दै आउँछ । शासकहरुले व्यवहार गर्ने तरिकाले त्यो बनाउँदै बनाउँदै ल्याउँछ ।

एक जना बहिनीले वीरगन्ज जिल्ला प्रशासन अगाडि उभिएर मधेसी अनुहारको मानिसलाई देखाउँदै भन्छिन् ‘हेर्नुहोस यिनीहरु सबै भारतीय हुन्, यिनीहरु नेपालको नागरिकता लिन लाइनमा बसिरहेका छन् भनेर एउटा पसलेलाई सोध्छिन् । पसलले यिनीहरु नेपाली बोल्न पनि जान्दैनन् र लेख्न पनि जान्दैनन् । त्यसैले सबै भारतीय हुन्, नेपाली नागरिकता लिन आएका छन् भन्छन् । त्यो भिडियो भाइरल हुन्छ । किन भाइरल हुन्छ भने सबैको दिमागमा पहिलेबाटै मधेसी अनुहारको मानिस नेपाली हुँदैन भन्ने छ । त्यहाँ ‘माइन्ड सेट’ भाइरल भएको हो ।

एकजना गुरुङ थर भएका मानिसले झापामा नेपाली नागरिकता लिन कोसिस गरिरहेका रहेछन् । उनी नागरिकताका हिसाबले भारतीय नागरिक रहेछन् । काठमाडौँ पोस्टमा समाचार आयो, यसरी नागरिकता लिनका लागि कोसिस गर्ने पत्ता लाग्यो भनेर । चुनाव चिन्ह नभएको भए पत्ता लाग्ने थिएन । मधेसी अनुहार भएको भए पत्ता लाग्थ्यो । किनभने नसिबमै लेखेको छैन मधेसी नेपाली हो भनेर । पहाडियाले नसिबमै नेपाली लेखर ल्याएका छन् ।

काठमाडौँ पोस्टले समाचार छाप्छ । त्यो समाचारमा फोटो चाहिँ मधेसको कुनै ठाउँका मधेसी मानिसहरु नागरिकता लिन लाइनमा उभिएको फोटो हुन्छ । फोटो राख्ने सम्पादकको दिमागमा पहिलेबाटै नागरिकताको फ्रड कतै भएको छ भने मधेसमा भइरहेको छ भन्ने छ ।

पञ्चायत कालमा हर्क गुरुङको एउटा प्रतिवेदन आएको थियो । त्यो प्रतिवेदनमा भनिएको थियो–मधेसी मानिस जति सबै भारतीय आप्रवासी हुन् । २०१५ सालमा औलो उन्मूलन हुनुभन्दा अगाडि मधेसमा पहाडीहरु जाँदै जाँदैनथे । औलो लाग्छ भनेर डराउँथे । त्यहाँ बसेर पृथ्वीनारायण शाहभन्दा अगाडि सबैभन्दा बढी ‘रेभिन्यु एल्डिङ एरिया’ (राजस्व आय हुने क्षेत्र) भनेर मधेसलाई भन्थे । को मान्छे थिए त त्यहाँ ? त्यतिबेला हात्ती गैँडाले धान उत्पादन गरेर पठाइदिएको होइन होला । त्यो हात्तीलाई तालिम दिएर भारततिर पठाएको पक्कै होइन होला ।

हामीमा एउटा विचार छ त्यो धारणाले मधेसीलाई नेपाली आजसम्म पनि मान्दै मान्दैन । मैले अनुसन्धान गर्दा के थाहा पाएँ भने मधेसमा ठूलो सङ्ख्यामा जमिन लुट्ने, भूमिसुधार लगाएर खाइदिने, जमिनबाट बेदखल गर्ने काम २००७ सालबाट यता महत्त्वपूर्ण ढङ्गले सम्पन्न भएको थियो ।

त्योभन्दा अगाडि सबै बिर्ता लगाउँथे । त्यहाँको पैसा ल्याएर राणाको वरिपरिका मानिसले दरबार बनाए । तिनले भारतमा पनि बङ्गला बनाए । राष्ट्रियताको प्रश्न त्यसलाई छ जसले मिहिनेत गर्याे । त्यसैले नागरिकता र राष्ट्रियताको प्रश्न कसको तर्फबाट बढी हेर्न चाहनुहुन्छ ? शासकको तर्फबाट हेर्न चाहनुहुन्छ ? सबै शासकहरूको अनुहार एउटै हो । आजसम्म आइपुग्दा के देखिरहेको छौँ भने विगतमा हामीलाई दिमागमा एउटा आइडिया छिराइदिए । त्यो आइडिया के हो भने ‘हामीलाई भारतले खाइरहेको छ ।’ सिक्किमीकरण र लेन्डुप दोर्जेलाई गाली गरेर मान्छेको जवानी बित्यो । जिन्दगी बित्यो । सिक्किमको तथ्य परिवर्तन भइसक्यो । त्यहाँ सिक्किमीकरण होइन, नेपालीकरण भयो ।

सिक्किममा लेप्चा कोही पनि छैनन् । सबै नेपाल्ी मूलका मानिसहरु छन् । मन्त्री, मुख्य मन्त्रीदेखि लिएर पुलिसका हाकिम पनि नेपाली नै छन् । त्यहाँ सबै नेपालीकरण भइसक्यो । दार्जिलिङमा पनि नेपालीकरण भइसक्यो । लेप्चाहरु कहाँ छन् त्यहाँ ? लेप्चाहरुको त्यो ठाउँ होइन ? हामी लेन्डुप दोर्जेलाई गाली गरेर बसेका छाँै । फिजीकरण भनेको त्यही होइन ? तर हामी विगतको तथ्यमा बाँचिरका छाँै । विगतको डरले हामीलाई केही गर्न दिएको छैन । त्यो डर भनेको अब महिलाहरुले नागरिकता पाए भने विदेशीहरु ल्याउँछन् भन्ने हो  ।

यो पनि

‘घरसाङ्ला खाँदै वनसाङ्ला : हाम्रा छोरानाति भारतीय बन्नुपर्ने दिन आउन बेर छैन’

‘नागरिकताको समस्या मधेसी अनुहार भएकाबाट  मात्र छ भन्ने हामीमा भ्रम छ’

नागरिकता विधेयकमाथि बहस : अधिकारका नाममा आमाबाबु नै भाडामा ल्याउने ? 

तपाईंलाई छोराछोरी एउटै होइन भन्ने लाग्छ ? महिला र पुरुष कसरी बराबरी हुन् सक्छ भन्ने लाग्छ ? लाग्छ भने हुँदैन भन्नुहोस् न । नागरिकतामा वंशज भन्ने बित्तिकै पुरुषकै मात्र हुनुपर्ने ? बाउ नै चाहिने ? बाउ नै नभई नहुने ? हाम्रा सबै नेताहरु ‘डेड आइडिया’ लिएर हिँडिरहेका छन् । राष्ट्रियताको जुन आइडिया हाम्रोमा चलिरहेको छ त्यो ‘डेड आइडिया’ हो । नेपाललाई भारतले खाइरहेको छ भने, कसरी खाइरहेको छ हेर्नुेपर्याे । ठूलो माछाले सानो माछालाई खाँदैन ? खान्छ तर नखाने बनाउन हामीले के गरेका छौँ ?

हाम्रो सबै जमिन बाँझो राखुन्जेल, हाम्रा जर्नेलहरुले, सचिवहरुले अमेरिका र बेलायतको नागरिकता लिउन्जेल हामीले के गरेर बसेका छौँ ? तिनीहरु नेपाली हुन् कि विदेशी ? सोच्नुपर्ने कुरा त्यहाँ छ । हाम्रोमा युवा जति विदेश पठाउने अनि जमिन जति सबै बाँझो रहने ? ५०, ६० प्रतिशत जमिन बाँझो भइसक्यो । साग ल्याउने भारतबाट, तरकारी ल्याउने भारतबाट, नाका खुल्ला हुँदा गडबड भइरहेको छ किनभने हामीसँग शक्ति केही छैन । हाम्रा नेता जो वृद्ध मान्छेहरु हुन् उनीहरुसँग त्यसको बारेमा केही धारणा नै छैन । कसरी हाम्रो किसानहरुलाई बलियो बनाउने ? कसरी हाम्रा खेतहरुमा धेरैभन्दा धेरै उब्जाउने ? कसरी साना साना उद्योगहरु सुरु गर्ने ? यो इन्फ्राइस्ट्रक्चर सात सालबाट सुरु भएको होइन ? यो कहिले सकिन्छ ? इन्फ्राइन्स्ट्रक्चरको नाममा काठममाडौँमा धुलो मात्र छ । कहिलेसम्म यो मरिसकेको चिजले हामीमाथि शासन गर्ने ? यही चिज हो, जसले महिला र पुरुषलाई बराबरी मान्ने सक्दैन ।

कमल थापाले २० लाख मानिसले नेपाली नागरिकता लिए भन्दै ट्विट गर्छन् । त्योे २० लाख भन्ने के हो ? कुन विदेशी हो ? फ्याक्टमा आउनुपर्याे नि । उनले भन्न खोजेको के हो भने ‘मधेसी जति सबै विदेशी हुन्’ । हाम्रो हेराइमा समस्या छ । हाम्रोे भूमिमा जतिवटा दरबारमा हाकिमहरु बस्छन्, त्यो मधेसीको पसिनाले बनेको जमिन हो । सबै लुटेर ल्याएर बनाएको हो । ती लुट्नेहरुले बेलायतदेखि भारतसम्म सम्पत्ति लिएर गए । आजसम्म पनि जारी छ त्यो काम ।

अराष्ट्रवादी को हो ? अराष्ट्रवादी को हुन् ? नेपाललाई भारतले खान्छ भने नखानका लागि हामीले के गरेका छौँ ? नागरिकताको नाममा महिलाहरुलाई र मधेसीलाई हेप्नका लागि मात्र हो । हामी जे कुरामा बहस गरिरेको भन्छौँ त्यो ९० प्रतिशत फिक्सनमा बहस गरिरहेका छौँ । हामी विगतमा बाँचिरहेका छौँ । हामी वर्तमानमा आइपुग्नै गाह्रो छ । भविष्य त हामीले कहिल्यै देख्दैनौँ ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *