चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता रक्षा गर्ने प्रयासलाई समर्थन गर्नेछ : राष्ट्रपति सी

 राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उच्चस्तरीय भेटवार्ता भयो । भेटमा सीले आफूले नेपालसँगको सम्बन्धलाई ठूलो महत्त्व दिएको बताएका छन् ।

राष्ट्रपति भण्डारी दोस्रो अन्तर्राष्ट्रिय बीआरआई फोरममा सहभागी हुनका लागि चीन भ्रमणमा छिन् । शनिवार चीनको राजधानी बेइजिङमा सम्पन्न भएको बीआरआई फोरममा भण्डारीसँगै विश्वका कयैन देशका प्रतिनिधि सहभागी भएका थिए ।

सम्मेलनपछि राष्ट्रपति भण्डारी ‘२०१९ बेइजिङ अन्तर्राष्ट्रिय बागबानी प्रर्दशनी’मा पनि सहभागी भइन् ।

यस क्रममा सोमबार दुई नेताबीच उच्चस्तरीय भेट भयो । भेटवार्ता अघि चीनले नेपालकी राष्ट्रपतिलाई उच्च सम्मान प्रदान गरेको थियो ।

राष्ट्रपति भणडरीसँगको भेटका क्रममा सीले ‘चीनले नेपालको राष्ट्रिय स्वतन्त्रता रक्षा गर्ने प्रयास, नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई समर्थन गर्ने’ बताए ।

त्यस्तै चिनियाँ सरकारी मिडिया सीजीटीएनमा प्रकाशित समाचार अनुसार सीले ‘आन्तरिक आवश्यकता अनुरुप सामाजिक प्रणाली तथा विकास मार्ग चयनको लागि नेपाल स्वतन्त्रत रहेको’ र चीनले नेपालको चयनको समर्थन गर्ने बताए ।

सीजीटीएनका अनुसार चिनियाँ राष्ट्रपति सीले लामो कालदेखि चीनका प्रमुख चाख र चासोप्रति नेपालले गरेको समर्थनको लागि कृतज्ञता व्यक्त गरे । उनले द्विपक्षीय सहकार्य थप उचाईमा पु¥याउनको लागि विधायीकी इकाई, राजनीतिक पार्टी, युवा, थिङ्क ट्याङ्क, मिडिया र स्थानीय स्तरका आदान प्रादन बढाइनुपर्ने आह्वान गरे ।

जवाफमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परिर्वतन र विकासमा चीनको समर्थनको लागि धन्यवाद दिइन् । उनले नेपाल एक चीन नीतिप्रति अडिग रहेको र नेपाली भूमीमा कुनै पनि शक्तिलाई चीन विरोधी कार्य गर्न स्वीकृति नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

बीआरआईलाई ऐतिहासिक योजनाको रुपमा प्रशंसा गर्दै भण्डारीले बीआरआईले द्विपक्षिय सहकार्यका लागि राम्रो अवसर प्रदान गरेको बताइन् ।

राष्ट्रपति भण्डारीले चीनको दीर्घकालिन विकास र स्थायीत्व नेपालको समृद्धिको लागि अवसर भएको कुरा पनि उल्लेख गरिन् ।

नेपाल र चीन लामो सिमाना जोडिएका देश हुन् । विकासोन्मुख देश नेपाल सिमाना जोडिएको दुई देशमध्य चीन एक हो । सम्बन्धको कुरा गर्दा हाल चीन नेपालमा सवैभन्दा धेरै लगानी गर्ने दाता राष्ट्र हो । त्यस्तै चीन नेपालको दोस्रो ठूलो व्यापारिक सहयात्री हो भने नेपालमा आउने पर्यटकको कुल संख्यामा चिनियाँ पर्यटक दोस्रो स्थानमा छन् ।

भेटवार्ता पछि दुई नेताले द्वीपक्षिय सम्झोतामा हस्ताक्षर कार्यक्रमको साक्षी बसेका थिए ।

सात सम्झौतामा हस्ताक्षर

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न सात सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । यसमा सन् २०१६ मा भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकल समावेश छ ।

नेपाल र चीनका राष्ट्रपतिको उपस्थितिमा भएको हस्ताक्षर समारोहमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चीनका तर्फबाट यातायात मन्त्री ली सियाओ फङले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाललाई चीनका बन्दरगाह प्रयोग गरी तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो खुलेको छ । सम्झौता हस्ताक्षरसँगै सम्झौता लागू भएको नेपाली अधिकारीले बताए ।

सम्झौता भएको मध्य एउटाले विगतमा चिनीयाँ सहायतामा बनेका परियोजनाको मर्मत तथा सम्भारका लागि अनुदान दिने भनेको छ ।

त्यसैगरी हस्ताक्षर भएका अन्य सम्झौतामा आर्थिक तथा प्राविधिक सहकार्य सम्झौता, नेपालको उत्तरी क्षेत्रमा बसोबास गरिरहेका जनताको जिविको पार्जन सघाउने सम्बन्धी सम्झौता छन् ।

चीन–नेपालबीच भन्सार सहकार्य तथा प्रशासनिक सहकार्य सम्बन्धी सम्झौता, नेपाली गुणस्तर तथा मापदण्ड विभाग र चीनको गुणस्तर प्रशासन सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस्तै, नेपालबाट चीनमा सांस्कृतिक सम्पदाको अवैध ओसारपसार एवम् चोरी निकासी रोक्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

सम्झौताको अतिरिक्त चीनले एक अर्ब चिनियाँ युयान सहयोगको घोषणा गर्यो । योमध्ये ८० करोड युयान प्रकोप व्यवस्थापनको तयारीका लागि र २० करोड रुपैयाँ माथि उल्लेखित हिमाली भेगका जनताको जीविको पार्जन सहज बनाउने सहायताका लागि खर्च गर्ने सहमति भएको छ ।

रात्री भोज र तिब्बत भ्रमण

द्विपक्षीय भेट सम्पन्न भएको साँझ चिनीयाँ कम्युनिष्ट पार्टीका सदस्य च्राओ लचीले राष्ट्रपति सीको तर्फबाट भण्डारीको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए ।

रात्रीभोजमा चीनका भ्रमणमा रहेका सबै नेपाली टोली सहभागी थिए । राष्ट्रपति भण्डारी मंगलवार बेइजिङबाट तिब्बतको ल्हासा जाँदैछिन् । 

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *