मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

 रुसको मस्कोमा अप्रिल २२ देखि २९ गतेसम्म हुने ‘डिटेक्टीभफेस्ट इन्टरनेशनल फिल्म फेस्टिबल २०१९’मा नेपाली लघु चलचित्र ‘परिणाम’ले सहभागिता जनाएको छ । सो फेस्टिबलमा नेपाली लघु चलचित्र ‘परिणाम’ छनोट भएको निर्देशक सुभाष गजुरेलले जानकारी दिए ।

सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘परिणाम’मा प्रकृति र सम्पदामाथि मानव जातिले गरेको अपराधबाट श्रृजित परिणामलाई उजागर गरिएको छ ।

२० मिनेट अवधिको चलचित्र गणेश उप्रेती, सपना श्रेष्ठ, शुभाष गजुरेल, श्याम बरालको अभिनय रहेको छ । गणेश कोइरालाको, छायाँकन, जनजित केसीको सम्पादन, टोलगेन्द्र केसीको लेखन रहेको यो लघु चलचित्रलाई विश्वराम विष्ट, छविलाल पाण्डेले निर्माण गरेका हुन् ।

Be the First to Advertise Us


siddharthabank

Sano Pasal
———————————————–

———————————————–




Advertisement

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *