हिउँले घेरियो उपत्यका, काठमाडौंमै पनि हिमपात (फोटोफिचर)

१६ फागुन, भक्तपुर । भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौं उपत्यकामा आज बिहानै हिमपात भएको हो ।

भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौं र ललितपुरमा समेत हिमपात भएको छ ।

हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हुँदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध भएको तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिए ।

यस्तै राजधानीको आसपासका डाँडाहरु चन्द्रगिरी, फूल्चोकीलगायतका स्थामा बाक्लो हिमपात भएको छ । 

लगातारको बदली तथा वर्षाका कारण उपत्यकामा  चिसो पनि बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागमा आंसिक देखि सामान्य बदली रहने छ । बाँकी भूभागमा आंसिक बदली रहने महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।



Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *