नेकपाले आज पार्टीको आधा झण्डा झुकाउने

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ

विहिबार बसेको सचिवालय बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । 

आज पार्टीका सबै कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । त्यस्तै २३ गते नेकपाको केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरिएको जानकारी दिए । 

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *